रास्वपा काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित

काठमाडौं, २४  जेठ  – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन्। जिल्ला अधिवेशनमा सभापतिका अर्का प्रत्याशी सुरेश सापकोटा लाई पराजित गर्दै शाक्य सभापतिमा निर्वाचित भएका हुन्। पहिलो जिल्ला अधिवेशनबाट निर्वाचित शाक्य यसअघि काठमाडौं महानगरपालिका–८ का पार्टी सभापतिको जिम्मेवारीमा रहेका थिए।

त्यसैगरी उपसभापतिमा रविन्द्र गौतम, सचिवमा शन्तमान महर्जन तथा सहसचिवमा शौरभ बस्नेत निर्वाचित भएका छन्। अधिवेशनका लागि कुल ५२२ प्रतिनिधि रहेकोमा ४३८ मत खसेको निर्वाचन समितिले जनाएको छ। नव निर्वाचित कार्यसमितिले काठमाडौं जिल्लामा पार्टी संगठन विस्तार तथा जनसरोकारका मुद्दामा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box