रास्वपा तेह्रथुमको नेतृत्वमा सुमन खत्री चयन

तेह्रथुम, २४ जेठ  – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुम जिल्ला समितिको प्रथम अधिवेशनले सुमन खत्री को नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। सदरमुकाम म्याङलुङ मा शनिबार सम्पन्न अधिवेशनबाट जिल्ला सभापतिमा सुमन खत्री, उपसभापतिमा दिपेन्द्र सिंघक, सचिवमा लिलम बस्नेत तथा सहसचिवमा रणबहादुर थापा चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा बलदेव लिम्बू, पूर्णमाया रसाइली, सुमन नेपाल, सृजना लामारुबिना राय चयन भएका छन्। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले पार्टी संगठन विस्तार, जनसरोकारका विषयमा सक्रिय भूमिका निर्वाह तथा जिल्लामा पार्टीलाई थप सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Facebook Comments Box