स्याङ्जामा मलामी बोकेको ट्याक्टर दुर्घटना, ११ जना घाइते

स्याङ्जा, २४  जेठ – स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बनकसी–रुद्रबेणी सडकखण्डमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मलामी गएर फर्किने क्रममा लु.प्र. ००१ त ०५७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकको नालामा पल्टिएको थियो। दुर्घटनामा स्थानीय अंकित राना (२१), मोहन घर्ती (४०) र कृष्णबहादुर घर्ती (६२) गम्भीर घाइते भएका छन्।

गम्भीर घाइते तीनै जनालाई थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको रमेशदत्त अवस्थी ले जानकारी दिए। दुर्घटनामा आयुष दर्लामी, मनोज थापा, यमबहादुर बिक, शेखर थापा, मन घर्ती, दिपक रानाखेमबहादुर घर्ती घाइते भएका छन्। उनीहरूको ढाड, खुट्टा तथा हातमा चोट लागेको छ र कालीगण्डकी अस्पताल मा उपचार भइरहेको छ। प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box