गोर्खा भर्ती पनि अग्निपथ योजनाअनुसार हुन्छ : भारत

काठमाडौं, ९ भदौ – भारतले आफ्नो सेनामा हुने गोर्खा भर्ती अग्निपथ योजना अनुसार हुने बताएको छ । अग्निपथ योजनामा नेपालले असहमति जनाइरहेका बेला भारतले भने गोर्खा भर्ती समेत यहीअनुसार हुने बताएको हो ।

बिहीबार भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बाग्चीले भने, ‘हामीले लामो समयदेखि भारतीय सेनामा गोर्खा भर्ती गर्दै आएका छौं । र, यसलाई अग्निपथ योजनाअन्तरगत निरन्तरता दिन चाहन्छौं ।’ भारतले अग्निपथ योजना अनुसार नै गोर्खा भर्ती गर्ने तयारी समेत गरेको छ ।

Facebook Comments Box