मधेश सरकारमा फेरबदल, एमालेका समिर बने विनाविभागीय मन्त्री

जनकपुरधाम, ८ जेठ – मधेश प्रदेश सरकारमा सत्ता समीकरण परिवर्तनसँगै मन्त्रिपरिषद् पुनर्गठन प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादव ले नेकपा एमाले का सांसद मोहम्मद समिर लाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् । उनको शपथ ग्रहण आजै हुने जनाइएको छ । यसअघि सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपाल का तीन मन्त्रीलाई मुख्यमन्त्री यादवले पदमुक्त गरेका छन् ।

पदमुक्त हुनेमा भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तथा श्रम तथा यातायात मन्त्री मनिष सुमन रहेका छन् । मुख्यमन्त्री यादवले बदलिएको सत्ता समीकरणअनुसार मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए । तर उनीहरूले राजीनामा नदिएपछि बर्खास्त गरेर नयाँ नियुक्ति प्रक्रिया अघि बढाइएको हो । उता जनमत पार्टी का दुई मन्त्रीले भने यसअघि नै राजीनामा दिइसकेका छन् ।

Facebook Comments Box