प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजे बस्ने

काठमाडौं,  ६ जेठ – प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजे बस्ने भएको छ। आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि दुई दिनसम्म चलेको छलफल सकिएपछि बुधबारका लागि बैठक बोलाइएको हो।मङ्गलबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफल समाप्त भएको छ। उक्त छलफलमा सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिनुभएको थियो।

यसअघि गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता सदनसमक्ष प्रस्तुत गर्नुभएको थियो। उक्त प्रस्तावमाथि गत सोमबारदेखि प्रतिनिधिसभामा निरन्तर छलफल हुँदै आएको थियो।

Facebook Comments Box