१८ वर्षीया अष्ट्रेलियन किशोरी बियान्काले सगरमाथाको सफल आरोहण
काठमाडौं, ७ जेठ – १८ वर्षीया अष्ट्रेलियन किशोरी बियान्का एडलरले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । उनको आरोहणबारे जानकारी दिँदै नेपाल पिक एड्भेन्चर ले बियान्का सगरमाथाको चुचुरोमा पुग्ने सबैभन्दा कान्छी अष्ट्रेलियन बनेको जनाएको छ ।
कम्पनीका अनुसार गत वर्ष बियान्का डेथ जोन अर्थात अत्यन्त जोखिमपूर्ण उचाइ क्षेत्रमा पुगेकी थिइन् । तर प्रतिकूल अवस्थाका कारण उनी चुचुरोभन्दा करिब ४०० मिटर तलबाट फर्किएकी थिइन् । यस वर्ष भने उनले सफलतापूर्वक सगरमाथाको आरोहण पूरा गरेकी हुन् ।
Facebook Comments Box

