काठमाडौँ महानगरपालिका ले जेठ १ गतेदेखि छात्रवृत्ति परीक्षाका लागि अनलाइन आवेदन खुला गर्ने

काठमाडौँ, ३० वैशाख – काठमाडौँ महानगरपालिका ले जेठ १ गतेदेखि छात्रवृत्ति परीक्षाका लागि अनलाइन आवेदन खुला गर्ने भएको छ । महानगरअन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/८४ मा कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई परीक्षा प्रणालीमार्फत छात्रवृत्ति प्रदान गरिने भएको हो ।

महानगरपालिकाले आफ्नो आधिकारिक वेबसाइट तथा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिने जनाएको छ । अनलाइन आवेदन जेठ १० गतेसम्म दिन सकिनेछ । छात्रवृत्ति परीक्षा जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने महानगरले जनाएको छ । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिने जनाइएको छ ।

Facebook Comments Box