त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजमा आगलागी, सबै यात्रु सकुशल

काठमाडौँ, २८ वैशाख –  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरणका क्रममा टर्किस एयरलाइन्सको एक जहाजमा आगलागी भएको छ। आज बिहान करिब पौने ७ बजेतिर इस्तानबुल बाट आएको जहाज अवतरण गर्ने क्रममा पाङ्ग्रामा आगो देखिएको विमानस्थल सुरक्षा स्रोतले जनाएको छ।

घटना लगत्तै दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो। यात्रुहरूलाई आपत्कालीन ढोका खोलेर सुरक्षित रूपमा बाहिर निकालिएको जनाइएको छ। विमानस्थल स्रोतका अनुसार जहाजमा रहेका सबै यात्रु सकुशल छन्। आगलागीको कारण तथा अन्य प्राविधिक पक्षबारे थप जाँच भइरहेको बताइएको छ।

Facebook Comments Box