मनास्लु आरोहणको ७० वर्ष: विशेष कार्यक्रमसहित मनाइँदै

गोरखा, १९ वैशाख – विश्वको आठौँ अग्लो मनास्लु हिमाल (८,१६३ मिटर) को पहिलो सफल आरोहण भएको ७० वर्ष पूरा भएको अवसरमा विविध कार्यक्रम आयोजना गरिने भएको छ। सन् १९५६ मे ९ मा उर्केन छिरिङ शेर्पातोशियो इमानिशी ले पहिलो पटक मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेका थिए। यही ऐतिहासिक दिनको सम्झनामा यस वर्ष विशेष कार्यक्रमहरू गरिने भएका हुन्।

नेपाल पर्यटन बोर्ड, मनास्लु संरक्षण क्षेत्र लगायत पर्यटनसम्बद्ध संघसंस्थासँगको सहकार्यमा चुमनुव्री गाउँपालिका ले कार्यक्रम आयोजना गर्न लागेको हो। गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार मनास्लुको फेदीमा रहेको सामागाउँमा मुख्य समारोह हुनेछ।

कार्यक्रमका मुख्य आकर्षणहरू:

  • पहिलो आरोहीसहित अन्य आरोहीहरूको मूर्ति अनावरण
  • आरोहीहरूलाई सम्मान
  • उत्तरी गोरखाको संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम

त्यसैगरी, वैशाख २७ गते पोखरा मा तस्बिर प्रदर्शनी र मनास्लु आरोहणसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिनेछ। साथै अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय मा तयार गरिएको मनास्लु हिमालको थ्री–डी मोडल उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ।यस समारोहले नेपालको पर्वतारोहण इतिहास र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Facebook Comments Box