कोशीका मुख्यमन्त्री कार्कीलाई मातृशोक

विराटनगर, २६ चैत  – हिक्मतकुमार कार्की लाई मातृशोक परेको छ । उहाँकी ९१ वर्षीया आमा जानुकादेवी कार्कीको गएराति निधन भएको हो । झापाको गौरदह नगरपालिका स्थित निवासमै उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

एक महिना अघि लडेर खुट्टा भाँचिएपछि उहाँ अस्वस्थ हुनुभएको थियो । त्यसपछि विराटनगरस्थित विराट टिचिङ अस्पताल मा शल्यक्रिया गरिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि केही दिनअघि घरमै राखेर उपचार गरिँदै आएको थियो । स्वर्गीय जानुकादेवीका दुई छोरा र पाँच छोरी छन् ।

मुख्यमन्त्री कार्कीका दाजु दीपक कार्की नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व संविधानसभा सदस्य हुनुहुन्छ । मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत आमालाई बचाउन नसकेको उल्लेख गर्दै दुःख व्यक्त गर्नुभएको छ ।

Facebook Comments Box