सभामुखले सम्हाल्नु भयो कार्यभार
काठमाडौं, २२ चैत – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल ले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदबहाली गरेका छन्।
आज अपराह्न रामचन्द्र पौडेल बाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले औपचारिक रूपमा सभामुखको कार्यभार सम्हालेका हुन्।पदबहालीका क्रममा उनलाई संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेय लगायत उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका थिए।
Facebook Comments Box

