दुवईका अधिराजकुमार मोहम्मद बिन जुमा अल मकतुम र बिएन्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाई बिच भेटवार्ता
काठमाडौं- संयुक्त अरव इमिरेट्स दुवई भ्रमणमा रहेका नेकपा एमालेका केन्द्रिय सदस्य तथा झापाको बिएन्डसी हस्पिटलका कार्यकारी निर्देशक ब्यवसायीक भेटघाटमा ब्यस्त छन् ।
गत शनिवार दुवई पुगेका प्रसाई भ्रमण पूरा गरि शनिबार स्वदेश फिर्ता हुनेछन् । दुवई भ्रमणका क्रममा प्रसाईले त्यहाँका महत्वपूर्ण व्यक्तित्वहरुसँग भेटवार्ता तथा छलफलमा ब्यस्त छन्, यसै क्रममा उनलाई शेख़ मोहम्मद जुमा मकतूम अल्मकतूमले प्रसाईको स्वागतमा शुक्रबार नाद आल शिबामा रहेको आफ्नै निजि फार्म हाउसमा रात्रिभोजको आयोजना गरेका थिए ।
अल्मकतूमको तर्फबाट रात्रिभोजका लागि निमन्त्रण पाउने प्रसाई पहिलो नेपाली हुन् । रात्रिभोजका क्रममा प्रसाई र अल्मकतूमबीच शिक्षा र स्वास्थ्यका क्षेत्रमा के कस्तो सहकार्य गर्न सकिन्छ भन्ने बिषयमा महत्वपुर्ण बिचारहरु आदान प्रदान भयो ।
प्रसाईको काम नियालिरहेका अल्मकतूमले भेट गर्न पाउँदा आफूलाई खुशी लागेको पनि बताए । रात्रिभोज कार्यक्रममा प्रसाई, उनका छोरा निराजन प्रसाई, सहयोगी प्रमिस गरि, रिजवान आलम लगायतको समुह सहभागि भएको थियो ।
यस्तै प्रसाईले दुवईका अधिराजकुमार मोहम्मद बिन जुमा अल मकतुम र दुबई विकास प्राधिकरणका कार्यकारि निर्देशक खालिफ शेखर महम्मदसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । भेटमा दुबई विकास प्राधिकरणका कार्यकारि निर्देशक र दुवईका अधिराजकुमार द्धारा प्रसाईले नेपालमा स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा पनि गरे ।

दुवईमा रहदा प्रसाईले दुबई विकास प्राधिकरणका कार्यकारि निर्देशकसँग नेपालको जडिबुटीलाई दुबईको बजारमा प्रवर्द्धन गर्ने, नेपालको कृषि उपज तथा हिमाली पानीलाई मिनरल वाटरको रुपमा बार्षिक २ खर्ब सम्मको निर्यात गर्ने लगायतका बिषयमा गम्भीर छलफल भएको उनका सहयोगीले जानकारी गराए ।
छलफलको क्रममा दुबई विकास प्राधिकरणका कार्यकारि निर्देशक महम्मदले जडिबुटीलाई दुबईको बजारमा प्रवर्द्धनका लागि आफ्नो सरकारले सहयोग गर्ने पनि प्रतिवद्दता जनाएका छन् । यस्तै त्यहाँ रहदा प्रसाईले नेपालको स्वास्थ र शिक्षाको विकासमा सहकार्य गरेर अघि बढ्ने बारे पनि छलफल गरेका छन् ।
प्रसाईले अधिराजकुमार मोहम्मद बिन जुमा अल मकतुमलाई नेपालका मनोरम ठाँउहरुको भ्रमणका लागि निमन्त्रण समेत गरेका छन् उनको निमान्त्रण स्वीकार गरी छिट्टैनै नेपाल भ्रमण गर्ने साथै प्रसाई द्धारा संचालित बि एण्ड सी, पुर्वाञ्चल क्यान्सर अस्पताल समेत अवलोक गर्ने अधिराजकुमारले भेटवार्ताका क्रममा बताएका छन् ।


