ललितपुरका विभिन्न सरकारी कार्यालयबाट ३२ जना बिचौलियालाई पक्राउ
काठमाडौं, २२ चैत- नेपाल प्रहरीले ललितपुरका विभिन्न सरकारी कार्यालयबाट ३२ जना बिचौलियालाई पक्राउ गरेको छ। आइतबार खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका–५, लगनखेल स्थित नापी कार्यालयबाट २१ जना र एकान्तकुना मा रहेको यातायात व्यवस्था कार्यालयबाट ११ जना बिचौलियालाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी परिसर, ललितपुर, प्रहरी वृत्त सातदोबाटो र वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका बिचौलियाले सेवाग्राहीलाई अनावश्यक हैरानी दिने तथा सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने गरेको आरोप छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box

