राष्ट्रपतिसमक्ष सभामुखको शपथ

काठमाडौं, २२ चैत – रामचन्द्र पौडेल समक्ष प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल ले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा सभामुख अर्यालले शपथ लिएका हुन्।

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

Facebook Comments Box