पूर्वगृहमन्त्री लेखक पक्राउ, ओलीलाई पक्राउ गर्न प्रहरी टोली निवासमा

भक्तपुर, १४ चैत – पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित निवासबाटै लेखकलाई पक्राउ गरिएको हो।

जेनजी आन्दोलनको छानबिनका लागि गठित आयोगको सिफारिस कार्यान्वयन गर्ने क्रममा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित जाँचबुझ आयोगले दिएको प्रतिवेदनअनुसार आवश्यक कारबाही अघि बढाइएको बताइएको छ।

पक्राउपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौँ लगेको छ। यसैबीच, पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न भक्तपुरको गुण्डुस्थित निवासमा प्रहरी टोली पुगेको जनाइएको छ। घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box