पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ, ११ चैत – देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावका कारण मौसम आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी प्रदेशसहित पहाडी र हिमाली भू–भागमा बदली रहेको छ भने बाँकी स्थानमा आंशिक बदली देखिएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।

राति सुदूरपश्चिमसहित पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहने तथा तराईमा आंशिकदेखि सामान्यतया सफा मौसम रहने पूर्वानुमान गरिएको छ। महाशाखाले वर्षा, चट्याङ र हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Facebook Comments Box