हिमाली जिल्लामा नियमित हवाई उडानका लागि संकल्पपत्र पारित

कर्णाली, ७ चैत – कर्णाली प्रदेशसभाले हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्ने सम्बन्धमा छ बुँदे संकल्पपत्र पारित गरेको छ। प्रदेशसभाको दोस्रो कार्यकालअन्तर्गत सातौँ अधिवेशनको छैटौँ बैठकबाट उक्त संकल्पपत्र सर्वसम्मत रूपमा पारित गरिएको हो। नेपाली कांग्रेसका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल गर्दै सांसदहरूले ढिलै भए पनि सकारात्मक पहल भएको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै सरकार संकल्पपत्र कार्यान्वयनप्रति प्रतिबद्ध रहेको बताए। बैठकको आकस्मिक समयमा बोल्दै सांसद राजकुमार शर्माले प्रदेश सरकारले सबै जिल्लालाई समान रूपमा समेट्न नसकेको टिप्पणी गरे।

यसैबीच, सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मन्त्रालयसँग सम्बन्धित जिज्ञासाको जवाफ दिएका थिए। साथै, कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ संशोधनसम्बन्धी विधेयक पनि बैठकबाट सर्वसम्मतिले पारित गरिएको छ।

Facebook Comments Box