आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ, २९ फागुन – नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर रु १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर रु १४७ रुपैयाँ ८१ पैसा कायम गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर रु १७० रुपैयाँ १७ पैसा र बिक्रीदर रु १७० रुपैयाँ ८६ पैसा तोकिएको छ। बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर रु १९७ रुपैयाँ २१ पैसा र बिक्रीदर रु १९८ रुपैयाँ ०१ पैसा तथा स्वीस फ्रयाङ्क एकको खरिददर रु १८८ रुपैयाँ ५५ पैसा र बिक्रीदर रु १८९ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर रु १०५ रुपैयाँ १२ पैसा र बिक्रीदर रु १०५ रुपैयाँ ५५ पैसा, क्यानेडियन डलर एकको खरिददर रु १०८ रुपैयाँ ३२ पैसा र बिक्रीदर रु १०८ रुपैयाँ ७६ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर रु ११५ रुपैयाँ ४९ पैसा र बिक्रीदर रु ११५ रुपैयाँ ९६ पैसा कायम गरिएको छ।

जापानी येन १० को खरिददर रु ९ रुपैयाँ २८ पैसा र बिक्रीदर रु ९ रुपैयाँ ३२ पैसा तोकिएको छ भने चिनियाँ युआन एकको खरिददर रु २१ रुपैयाँ ४३ पैसा र बिक्रीदर रु २१ रुपैयाँ ५१ पैसा कायम गरिएको छ। साउदी अरेबियन रियाल एकको खरिददर रु ३९ रुपैयाँ २३ पैसा र बिक्रीदर रु ३९ रुपैयाँ ३९ पैसा तथा कतारी रियाल एकको खरिददर रु ४० रुपैयाँ ३८ पैसा र बिक्रीदर रु ४० रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी थाइ भाट एकको खरिददर रु ४ रुपैयाँ ६२ पैसा र बिक्रीदर रु ४ रुपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर रु ४० रुपैयाँ ०८ पैसा र बिक्रीदर रु ४० रुपैयाँ २५ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर रु ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर रु ३७ रुपैयाँ ६४ पैसा कायम गरिएको छ।

साउथ कोरियन वन १०० को खरिददर रु ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर रु १० रुपैयाँ तोकिएको छ भने स्वीडिस क्रोनर एकको खरिददर रु १५ रुपैयाँ ८९ पैसा र बिक्रीदर रु १५ रुपैयाँ ९६ पैसा तथा डेनिस क्रोनर एकको खरिददर रु २२ रुपैयाँ ७७ पैसा र बिक्रीदर रु २२ रुपैयाँ ८७ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार हङकङ डलर एकको खरिददर रु १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर रु १८ रुपैयाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर रु ४८० रुपैयाँ २९ पैसा र बिक्रीदर रु ४८२ रुपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर रु ३८९ रुपैयाँ ८६ पैसा र बिक्रीदर रु ३९१ रुपैयाँ ४५ पैसा तथा ओमानी रियाल एकको खरिददर रु ३८२ रुपैयाँ ३८ पैसा र बिक्रीदर रु ३८३ रुपैयाँ ९४ पैसा तोकिएको छ।

यस्तै भारतीय रुपैयाँ १०० को खरिददर रु १६० र बिक्रीदर रु १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले निर्धारण गर्ने दर फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने पनि जनाएको छ।

Facebook Comments Box