समानुपातिकतर्फ एक करोड दुई लाखभन्दा बढी मतगणना
काठमाडौँ, २६ फागुन – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एक करोड दुई लाख पाँच हजार ६२५ मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगले बिहान ३ः३० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी ४९ लाख पाँच हजार ६१४ मत प्राप्त गर्दै अग्रस्थान कायम गरेको छ ।
त्यस्तै, नेपाली कांग्रेसले १६ लाख ५८ हजार ५८०, नेकपा (एमाले)ले १३ लाख ७९ हजार ७५८ र नेपाली कम्युनिष्ट पार्टीले सात लाख ४५ हजार ८१९ मत प्राप्त गरेका छन् । यसैगरी श्रम संस्कृति पार्टीले तीन लाख ४५ हजार ६७४ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २१ हजार २७७ मत प्राप्त गरेका छन् ।
यस्तै जनता समाजवादी पार्टी नेपालले एक लाख ६७ हजार ८२४, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ६३ हजार ६४६ तथा जनमत पार्टीले ७४ हजार ९०५ मत प्राप्त गरेका छन् । समानुपातिकतर्फको मतगणना अझै जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

