ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्प

काठमाडौँ, १५ चैत – ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । गएराति ११ बजेर ४१ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का ताप्लेजुङ र त्यस आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

भूकम्पले क्षति पुर्‍याए/नपुर्‍याएको विवरण भने नआएको प्रहरीले जनाएको छ । दुई दिन अघि बाजुरालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Facebook Comments Box