सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन
काठमाडौँ, १८ फागुन – नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिनसमेत बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। केन्द्रीय बैंकले जारी गरेको निर्देशनअनुसार होली पर्व तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन फागुन २१ गते बिहीबार बैङ्क तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा रहने व्यवस्था मिलाउन आग्रह गरिएको छ।
सरकारी कारोबारका लागि तोकिएका वाणिज्य बैङ्कमार्फत भुक्तानी तथा राजस्व दाखिला व्यवस्था सुनिश्चित गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ। त्यस्तै, निर्वाचन प्रचारप्रसारका लागि खोलिएका बैङ्क खातामार्फत राजनीतिक दल तथा उम्मेदवारको नगद, चेक वा अन्य विनिमय साधनको दाखिला तथा भुक्तानीलगायतका सेवा नियमित रूपमा उपलब्ध गराउन सम्बन्धित बैङ्क तथा वित्तीय संस्थालाई भनिएको छ।
Facebook Comments Box

