आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण

काठमाडौँ, १० फागुन – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो गोलभेँडा (भारतीय) प्रतिकिलो रु ७० र सानो गोलभेँडा (लोकल) रु ३५ तोकिएको छ। टनेल गोलभेँडा प्रतिकिलो रु ६०, आलु रातो रु २६ तथा प्याज सुकेको (भारतीय) रु ३८ कायम गरिएको छ।

तरकारीतर्फ गाजर (लोकल) रु ५५, बन्दा (लोकल) रु ५०, काउली (स्थानीय) रु ३५, सेतो मूला (लोकल) रु १५, भन्टा रु ७०, मटरकोसा रु ५०, घिउ सिमी (लोकल) रु १००, तिते करेला रु १८०, घिरौँला रु १४०, लौका रु ७५ र भिन्डी रु १३० निर्धारण गरिएको छ।

सागसब्जीमा रायोसाग रु २५, पालुङ्गो रु ३५, मेथी रु ४०, हरियो प्याज रु ४०, च्याउ (कन्य) रु १३०, डल्ले च्याउ रु ४३० र सिताके च्याउ रु १,००० तोकिएको छ।

फलफूलतर्फ स्याउ (झोले) रु २५०, स्याउ (फुजी) रु ३००, केरा (दर्जन) रु १९०, कागती रु २८०, अनार रु ३३०, अङ्गुर (हरियो) रु २६०, अङ्गुर (कालो) रु ४००, सुन्तला (भारतीय) रु १७०, स्ट्रबेरी रु ५००, किबी रु २६० र एभोकाडो रु ३५० कायम गरिएको छ।

मसला तथा अन्य वस्तुमा अदुवा रु १२०, सुकेको खुर्सानी रु ४३०, हरियो खुर्सानी रु १९०, अकबरे खुर्सानी रु ९००, लसुन सुकेको (चाइनिज) रु २६०, लसुन सुकेको (नेपाली) रु २००, गुन्द्रुक रु ३००, ताजा माछा (रहु) रु ३४० तथा सुकेको माछा रु १,००० तोकिएको समितिले जनाएको छ। माग र आपूर्तिको अवस्थाअनुसार मूल्य दैनिक रूपमा समायोजन हुन सक्ने समितिले उल्लेख गरेको छ।

Facebook Comments Box