कांग्रेस केन्द्रीय समिति बैठकबाट प्रतिज्ञापत्र पारित

काठमाडौं, ६ फागुन – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको भर्चुअल बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीको प्रतिज्ञापत्र पारित गरेको छ।

पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकले प्रतिज्ञापत्र सर्वसम्मत रूपमा पारित गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो। कांग्रेसले आजै जनकपुरधाममा आयोजना हुने विशेष समारोहमार्फत प्रतिज्ञापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ।

उक्त कार्यक्रममा सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा तथा केन्द्रीय तहका अन्य नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना हुने कार्यक्रमले मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।

यसैगरी, जनकपुरधामबाट सार्वजनिक गरिएको प्रतिज्ञापत्रबारे विस्तृत जानकारी दिन आजै अपराह्न ४ बजे काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिने पनि पार्टीले जनाएको छ।

Facebook Comments Box