आज तराईमा हुस्सु, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

काठमाडौँ, २३ माघ – मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै ठूलो मौसम प्रणालीको प्रभाव छैन। तराईका केही स्थानमा हुस्सु र तुवाँलो लागिरहेको छ भने पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा छ। आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ।

कोशी प्रदेशका पहाडी–हिमाली भाग र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ, बाँकी भू–भागमा मौसम सफा रहनेछ। राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने देखिएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी–हिमाली भागमा आंशिक बदली रहनेछ, बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

Facebook Comments Box