वीरगञ्जमा झगडामा कुटपिट हुँदा एक जनाको मृत्यु
पर्सा, २३ माघ – वीरगञ्ज महानगरपालिका–१३ राधेमाईस्थित कर्बोला अगाडि मोटरसाइकल पार्किङको विषयमा भएको झगडामा कुटपिट हुँदा ६५ वर्षीय एक जनाको मृत्यु भएको छ।
झगडाका क्रममा केपी चन्द राउत बरईको मृत्यु भएको हो। पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार पार्किङको विषयमा कुटपिट हुँदा गम्भीर घाइते भएका बरईको उपचारका क्रममा वीरगञ्जस्थित तराई अस्पतालमा निधन भएको हो।
घटनामा संलग्न रहेको भन्दै पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी निवासी ३२ वर्षीय मुन्ना भन्ने अर्जुन यादवलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो।
Facebook Comments Box

