बारामा धारिलो हतियार प्रहारबाट आमा–छोराको हत्या, बुबासहित तीन घाइते

जनकपुरधाम, १४ माघ – बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा धारिलो हतियार प्रहारबाट आमा–छोराको हत्या भएको छ । घटनामा बुबासहित तीन जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा ३२ वर्षीय रामेश्वर मण्डल र उनकी ५२ वर्षीया आमा सुमित्री देवी रहेका छन् । रामेश्वरका बुबा जगरुक मण्डल गम्भीर घाइते भएका छन् ।

बाराका प्रहरी प्रमुख (एसपी) नरेन्द्र कुँवरका अनुसार आज बिहान करिब ३ बजे एक व्यक्ति घरभित्र पसेर धारिलो हतियार प्रहार गर्दा उक्त घटना भएको हो । घाइते तीन जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । “हामी घटनास्थलमा पुगेर अनुसन्धान थालेका छौँ । एक जना व्यक्ति राति घरभित्र प्रवेश गरी हतियार प्रहार गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ,” एसपी कुँवरले बताउनुभयो ।

Facebook Comments Box