अनुगमनका क्रममा कैफियत फेला परेपछि एक फर्मलाई जरिवाना
काठमाडौँ, १४ माघ – नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु ५१ हजार जरिवाना गरेको छ। विभागले अनुगमनका क्रममा कैफियत फेला परेपछि नागार्जुन नगरपालिका–४, सितापाइलामा रहेको ‘स्टोर अन द डोर प्रालि’लाई उक्त जरिवाना गरेको हो।
विभागले काठमाडौँ, भक्तपुर, कीर्तिपुर, नागार्जुन र मध्यपुर ठिमी लगायतका क्षेत्रमा १२ वटा फर्ममा अनुगमन गरेको थियो। अनुगमनका क्रममा ११ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ।
Facebook Comments Box

