निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ, १३ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा सोमबार समानुपातिकतर्फका दुई करोड आठ लाख ५० हजार थान मतपत्र छपाइ सम्पन्न गरिएको हो।

केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले समानुपातिकतर्फको मतपत्र छपाइ पूरा भएसँगै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार केन्द्रले सोमबारदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ थालेको छ। यसअघि केन्द्रले १० लाख ९८ हजार २०० थान नमुना मतपत्र छपाइ गरी निर्वाचन आयोगलाई पठाइसकेको थियो। ती मतपत्र मतदाता सचेतना तथा अन्य प्रयोजनका लागि प्रयोग भइरहेका छन्।

Facebook Comments Box