देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा

काठमाडौँ, २५ भदौ – अहिले देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार देशका सबै प्रदेशमा वर्षा भइरहेको हो।

काठमाडौं उपत्यकामा पनि वर्षा भइरहेको छ। ‘वर्षा बिहानभरि जारी रहने देखिएको छ’ । ‘दिउँसो केही बेर खुल्छ र राति फेरि पानी पर्छ।’ मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना बुलेटिनमा उल्लेख गरिएको छ। भारी वर्षाको सम्भावना रहेकाले वर्षा हुने पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ।

Facebook Comments Box