स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल

काठमाडौँ, ७ माघ – स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. कृष्ण पौडेललाई दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले बोर्ड नेतृत्वविहीन भएपछि डा. पौडेललाई उक्त जिम्मेवारी दिनुभएको हो ।

यसअघि बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले ४ माघमा पदबाट राजीनामा दिएपछि बोर्ड नेतृत्वविहीन अवस्थामा पुगेको थियो ।बोर्डका कामहरू सुचारु राख्न आर्थिक, प्रशासनिकलगायत सम्पूर्ण जिम्मेवारी डा. पौडेललाई प्रदान गरिएको छ ।

हाल उहाँ स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ । डा. पौडेलले भन्नुभयो, “मन्त्रालयले बीमा बोर्डको पनि जिम्मेवारी दिएको छ । बीमामा देखिएका समस्यालाई बुझेको छु, समाधान गर्ने प्रयास गर्छु ।”

Facebook Comments Box