निर्वाचन प्रहरीका लागि भर्ना खुला

काठमाडौँ,  २४ पुस –  सरकारले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना खुलाएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि भर्ना खुलाइएको हो। प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागअन्तर्गत भर्ना छनोट शाखाले सूचना जारी गर्दै एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको जनाएको छ।

सूचनाअनुसार भर्नाका लागि यही पुस २५ गते (शुक्रबार)देखि फागुन १ गतेसम्म दर्खास्त दिन सकिनेछ। दर्खास्त लिने कार्य बिदाको दिनसमेत जारी रहने प्रहरीले जनाएको छ।

Facebook Comments Box