काठमाडौँ उपत्यकामा १ हजार १७४ जना सहित देशभर थप २ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ९ वैशाख – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार १७४ जना सहित देशभर थप २ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९८७, भक्तपुरमा ८१ र ललितपुरमा १०६ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १० हजार १ आरटी पीसीआर तथा ४४७ एन्टीजेन परिक्षण सहित १० हजार ४४८ जनाको परिक्षण गर्दा २ हजार ४२८ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ९२ हजार १५२ रहेको छ भने सक्रिय संक्रमितको संख्या १२ हजार ६९० रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ८१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा थप २५२ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७६ हजार ३४५ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ३ हजार ११७ रहेको छ ।

Facebook Comments Box