काठमाडौँ उपत्यकामा ९४० जना सहित देशभर थप २ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १० वैशाख – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९४० जना सहित देशभर थप २ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७६०, भक्तपुरमा ७४ र ललितपुरमा १०६ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा ८ हजार ७९८ आरटी पीसीआर तथा ८६६ एन्टीजेन परिक्षण सहित ९ हजार ६६४ जनाको परिक्षण गर्दा २ हजार ५५९ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ९४ हजार ६०१ रहेको छ भने सक्रिय संक्रमितको संख्या १४ हजार ७२० रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ७५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ४१० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७६ हजार ७५५ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ३ हजार १२२ रहेको छ ।