राष्ट्रपतिसमक्ष पाँच देशका नवनियुक्त राजदूतले ओहोदाको प्रमाणपत्र पेस
काठमाडौँ, २५ मङ्सिर – नेपालका लागि नवनियुक्त पाँच देशका राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।
राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमार्फत उनले प्रमाणपत्र बुझाएका हुन्। राष्ट्रपतिको कार्यालयका अनुसार प्रमाणपत्र पेस गर्नेमा—
-
उज्वेकिस्तानका राजदूत सर्दोर मिर्जायुसुपोभिच रुस्तामबायेभ,
-
रोमानियाकी राजदूत सेना लतिफ,
-
ताजिकिस्तानका राजदूत लुक्मोर बोबोकालोन्जोदा,
-
आइसल्याण्डका राजदूत बेनेडिक्ट हेओस्कुल्द्सन, र
-
क्युवाका राजदूत हुवान कार्लोस मार्सान अगुइलेरा रहेका छन्।
समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको पनि उपस्थिति थियो। नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटस्थित होटलबाट राष्ट्रपति भवनसम्म परम्परागत रिसल्लासहितको बग्गीमा सवार गराइयो।
Facebook Comments Box

