जेनजी प्रतिनिधि र सरकारबीच सम्पन्न सम्झौतालाई औपचारिक रूपमा अनुमोदन

काठमाडौँ, २५ मङ्सिर – सरकारले जेनजी प्रतिनिधि र सरकारबीच सम्पन्न सम्झौतालाई औपचारिक रूपमा अनुमोदन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बुधबार भएको उक्त सम्झौता स्वीकृत गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले दिए।

उनका अनुसार सम्झौताको कार्यान्वयनका लागि सम्बन्धित सबै मन्त्रालयलाई प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ। त्यस्तै, मन्त्रिपरिषद्ले भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगको कार्यकाल थप गर्ने निर्णय पनि गरेको छ।

Facebook Comments Box