एनपिएलः दोस्रो क्वालिफायरमा आज लुम्बिनी र विराटनगर आमनेसामने
काठमाडौँ, २५ मङ्सिर – त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किङ्स आमनेसामने हुँदै छन्। खेल अपराह्न ४ः०० बजे सुरु हुनेछ।पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएको विराटनगरले दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो।
यसअघि इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले अन्तिम चारमा स्थान बनाएको थियो। लिग चरणको भेटमा समेत लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको थियो। फाइनल प्रवेशका लागि दुवै टोलीका लागि आजको खेल निर्णायक मानिएको छ। विजयी टोलीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। एनपिएलको फाइनल खेल यही मङ्सिर २७ गते हुने बताइएको छ।
Facebook Comments Box

