धादिङमा सात सवारी ठोकिँदा दुईको मृत्यु, ७० जना घाइते

धादिङ, २१ मंसिर – धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा शनिबार साँझ पृथ्वी राजमार्गमा सात सवारी साधन ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका इन्सपेक्टर श्यामकुमार बस्नेतका अनुसार मृतकमध्ये एकजना मोटरसाइकल चालक ५९ वर्षीय शेख अली एस धादिडङ, थाक्रे गाउँपालिका–६ बस्ने व्यक्ति हुन्।

अर्का करिब ३५ वर्षीय मृतक युवकको पहिचान खुल्न सकेको छैन। घाइतेमध्ये ५१ जनालाई स्थानीय अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ भने बाँकी १७ जनाको उपचार काठमाडौँको ट्रमा सेन्टरमा भइरहेको छ। ट्रमामा उपचाररतमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेका सवारी साधनमा काठमाडौँ–गजुरी जाँदै गरेको स्कुल बस, भारतीय नम्बर प्लेटको ट्रक, विभिन्न बस र मोटरसाइकलसमेत रहेका थिए। प्रहरीका अनुसार ब्रेक फेल भएको ट्रकले अन्य सवारीमा ठक्कर दिँदा दुर्घटना भएको हो। घाइतेमध्ये अधिकांश विद्यार्थी स्कुल बसमा सवार रहेका थिए।

Facebook Comments Box