नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि मतदान जारी

काठमाडौं, २७ मंसिर – नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि मतदान जारी छ। निर्धारित समयभन्दा साढे ३ घण्टा ढिलो सुरु भएको मतदानमा अहिलेसम्म ६ सय मत खसेको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समिति सदस्य तेज बहादुर रावलले अहिलेसम्म ६०० मत खसेको जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, सुजाता कोइराला, डा रामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाण र उमा रेग्मी लगायतले मतदान गरेका छन्। कांग्रेसको १४ औँ महाधिवेशनको नेतृत्व लिनको लागि वर्तमान सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइराला र कल्याण गुरुङ छन् ।

Facebook Comments Box