प्रधानमन्त्रीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ, १९ मङ्सिर – प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज अपराह्न ४ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सर्वपक्षीय बैठक बस्न लागेको छ। बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहनेछ।

प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि साथै निर्वाचन आयोग र सुरक्षा निकायका उच्च अधिकारीहरूलाई आमन्त्रित गरिएको छ। बैठकमा आगामी राष्ट्रिय सभा निर्वाचन माघ ११ र प्रतिनिधि सभा निर्वाचन फागुन २१ मा सुचारु रुपमा सम्पन्न गर्नका लागि आवश्यक तयारी र समन्वयबारे छलफल हुने बताइएको छ।

Facebook Comments Box