बेनी–पाखापानी सडकको किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र शुरू

म्याग्दी, १२ मङ्सिर – बेनी–पाखापानी सडकअन्तर्गत किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गर्ने काम तीव्र रूपमा अघि बढाइएको छ।बेनी नगरपालिका–९ को किराखोरदेखि नेप्टेचौर वडा कार्यालयसम्मको दुई किलोमिटर सडकमा ‘प्रिमिक्स’ प्रविधिबाट कालोपत्र थालिएको हो। वडाध्यक्ष चक्र केसीका अनुसार सडक ७ मिटर चौडा रहनेछ।

यस्तै नेप्टेचौर–तोरीपानी खण्डमा थप दुई किलोमिटर ग्राभेल गर्ने तयारी पनि भइरहेको छ। वर्षायाममा पानी निकास सहज बनाउन नाला, टेवा पर्खाललगायत संरक्षण संरचना समेत निर्माण भइरहेका छन्। यस सडक खण्डको कालोपत्रका लागि रु १० करोड १६ लाख एक हजार ३६४ लागतमा निर्माण कम्पनीसँग सम्झौता भएको छ।

Facebook Comments Box