पूर्वी नाकाबाट चालु आवको चार महिनामा १ अर्ब ३७ करोडको चिया निर्यात

झापा, १२ मङ्सिर – चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पूर्वी नाकाको काँकडभिट्टाबाट भारततर्फ रु १ अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चिया निर्यात भएको छ। मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार सो अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया निर्यात गरिएको हो।

यो मात्रा गत वर्षको सोही अवधिभन्दा ३७ प्रतिशतले कम भएको छ। गत वर्षको पहिलो चौमासिकमा रु २ अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको थियो। चालु वर्ष यस अवधिमा निर्यात रकम रु ८३ करोड १७ लाख ६२ हजारले घटेको कार्यालयले जनाएको छ।

Facebook Comments Box