प्रधानमन्त्री कार्की र एमालेका शीर्ष नेताबीच बालुवाटारमा छलफल

काठमाडौँ, ११ मङ्सिर – आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का शीर्ष नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।

बालुवाटारमा बसेको छलफलमा सरकारतर्फबाट प्रधानमन्त्री कार्की तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सहभागी रहे। एमालेको तर्फबाट महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र केन्द्रीय सदस्य महेश बर्तौला सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

दुवै पक्षबीच आसन्न प्रतिनिधिसभा निर्वाचनको समग्र तयारी, निर्वाचन वातावरण तथा समसामयिक राजनीतिक विषयमा विस्तृत कुराकानी भएको सचिवालयले जानकारी दिएको छ

Facebook Comments Box