२४ घण्टे भ्रमणका लागि साउदी विदेशमन्त्री नेपालमा
काठमाडौँ, ३० फागुन – साउदी अरवका विदेशमन्त्री फैजल बिन फरहान बिन साउद सोमबार साँझ नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआइपी कक्षमा परराष्ट्र सचिव भरतराज पौड्यालले साउदी विदेशमन्त्री नेतृत्वको २३ सदस्यीय टोलीको स्वागत गरे।
फैजल त्यहाँका राजकुमार पनि हुन्। साउदी विदेशमन्त्री २४ घण्टे भ्रमणमा नेपाल आएका हुन्। उनले भोली राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट्दैछन्। भ्रमणमा नेपाल र साउदीबीच जेनरल कोअपरेसन एग्रिमेन्ट (जीएसए) मा हस्ताक्षर हुँदैछ।
Facebook Comments Box

