जेनजी आन्दोलनमा आगजनी–तोडफोड : २६७ जना पक्राउ
काठमाडौँ, ९ मंसिर – भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोडमा संलग्न आरोपमा २६७ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार घटनासम्बन्धी हालसम्म १५४ वटा मुद्दा दर्ता भएका छन्।
प्रहरीका अनुसार हाजिर–जमानीमा ८७ जनालाई रिहा गरिएको छ। उही घटनासम्बन्धी ११३ जनामाथि अनुसन्धान जारी छ, जसमा
-
३३ जना धरौटीमा छुटेका,
-
४३ जना पुर्पक्षका लागि थुनामा पठाइएका छन्।
काठमाडौँ प्रहरी परिसरको तथ्यांकअनुसार आगजनी, तोडफोड तथा आपराधिक उपद्रवका १०४ वटा जाहेरी दर्ता भएका छन्।
तीमध्ये—
-
२२ वटा व्यक्तिगत,
-
६६ वटा सरकारी कार्यालयमा आगजनी/तोडफोड,
-
१६ वटा संस्थागत तथा व्यापारिक प्रतिष्ठान, साथै सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको क्षतिसम्बन्धी जाहेरी समावेश छन्। प्राप्त ४२ वटा दर्खास्त मध्ये ३ जना प्रहरी कर्मचारी पनि पीडितका रूपमा उल्लेख छन्।
-
पहिचान नखुलेका ७ जनाका डिएनए परीक्षण प्रक्रिया अघि बढाइएको छ। आन्दोलनका क्रममा २२८ वटा भवन संरचना क्षतिको मुचुल्का तयार गरिएको प्रहरीले जनाएको छ। आन्दोलनको भीडमा विभिन्न कारागारबाट भागेका १०२ जना कैदी–बन्दीलाई पुनः पक्राउ गरी कारागारमा दाखिला गरिएको छ। त्यसैगरी हालसम्म ८३ नाल हतियार बरामद गरिएको प्रहरीले जनाएको छ।

