राष्ट्र बैंकले ३ अर्ब ७६ करोड लगानी गर्ने

काठमाडौँ, ६ मङ्सिर – नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ७६ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। यसका लागि बैंकले एक सूचना जारी गर्दै लिन चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गर्दै मङ्सिर ८ गते साँझ ७ बजेभित्र आवेदन दिन आग्रह गरेको छ। सो रकम एक वर्षका लागि लगानी गरिने जनाइएको छ।

सूचना अनुसार क वर्गका वाणिज्य बैंकमा ३ अर्ब ८० लाख, ख वर्गका विकास बैंकमा ५६ करोड ४० लाख र ग वर्गका वित्त कम्पनीमा १८ करोड ८० लाख रुपैयाँ लगानी हुनेछ। लगानीका लागि इच्छुक संस्थाले कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको, केन्द्रीय बैंकले तोकेको न्यूनतम कूल पूँजीकोष कायम गरेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको ८ प्रतिशत ननाघेको तथा खुद निष्क्रिय कर्जा ३ प्रतिशतभित्र रहेको हुनुपर्ने शर्त पूरा गर्नुपर्ने उल्लेख गरिएको छ।

Facebook Comments Box