एनपिएलः आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने

काठमाडौँ, ५ मङ्सिर – नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ। खेल अपराह्न ४:०० बजे सुरु हुनेछ। पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेलले गर्नेछन् भने सुदूरपश्चिम रोयल्सको कमान दीपेन्द्रसिंह ऐरीका हातमा रहनेछ।

पोखराको टोलीमा घरेलु तथा विदेशी खेलाडीको सन्तुलित संयोजन रहेको छ। आकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपिन खत्री र विकेटकिपर एडम रोसिङ्टन आजको खेलका मुख्य आधार मानिएका छन्। सुदूरपश्चिम रोयल्समा अनुभवी विकेटकिपर विनोद भण्डारीसहित क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन, आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी र बलर अविनाश बोहरा समावेश छन्।

Facebook Comments Box