उपराष्ट्रपति यादव कोरियाको राष्ट्रिय दिवसको स्वागत समारोहमा सहभागी

काठमाडौँ, २७ कात्तिक – उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसको अवसरमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभएको छ। समारोहमा नेपालको लागि कोरियाली राजदूत पार्क थेयङले सङ्क्षिप्त मन्तव्य दिँदै नेपालको दिगो आर्थिक विकास र समृद्धिका लागि कोरिया सरकार सहकार्य गर्दै अगाडि बढिरहेको बताउनुभयो।

उहाँले जलविद्युत्, सांस्कृतिक सम्पदा र मानव संसाधनलाई नेपालका विकासका प्रमुख सम्भावनायुक्त क्षेत्रको रूपमा औंल्याउँदै, यी क्षेत्रमा कोरियाले साझेदारको भूमिका निभाइरहेको उल्लेख गर्नुभयो। कार्यक्रममा कोरियाली संस्कृति झल्किने विविध सांस्कृतिक प्रस्तुतिसमेत गरिएको थियो।

त्यस्तै, नेपाल सरकारका वरिष्ठ अधिकारी, कूटनीतिक नियोगका प्रमुख, उद्यमी–व्यवसायी, सञ्चारकर्मी तथा नेपालमा कार्यरत कोरियाली नागरिकहरूको उपस्थिति रहेको थियो।

Facebook Comments Box