मधेस प्रदेशका प्रदेश प्रमुख कर्णले राष्ट्रपतिसमक्ष शपथ ग्रहण

काठमाडौँ, २५ कात्तिक – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले कर्णलाई शपथ ग्रहण गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे, मन्त्रिपरिषद्का सदस्यहरू, र संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरू उपस्थित थिए।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धनुषाका सुरेन्द्र लाभ कर्णलाई मधेस प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

Facebook Comments Box