चितवनमा बस दुर्घटना, ३३ जना घाइते

चितवन, १४ कात्तिक — गौरबाट काठमाडौँतर्फ गइरहेको यात्रुबाहक बस आज बिहान भरतपुर महानगरपालिका–९ स्थित टिकौली जङ्गलमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्। सशस्त्र प्रहरी बल कार्यालय चितवनका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइते यात्रुहरूलाई तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पतालमा उपचारका लागि पठाइएको छ।

सबै घाइतेको अवस्था सामान्य रहेको बताइएको छ। दुर्घटनाका कारण केही समयका लागि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भए पनि अहिले सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

Facebook Comments Box